Ad Area

अभिनेता पल गृह जिल्ला दाङमा


घोराही, ११ चैत । अभिनेता पल शाहलाई गृहजिल्ला दाङमा नागरिक अभिनन्दन गरिने भएको छ । शनिवार भव्य कार्यक्रमकाबिच शाहलाई घोराहीमा स्वागतसहित नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

अनाथ बालबालिकाको सहयोगार्थ घोराहीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि शाहलाई स्वागत र अभिनन्दन गरिने भएको छ । डि टेन नेपाल ईन्टरटेनमेन्ट मिडिया प्रा.लिले आयोजनामा तीन दिने ‘घोराही बृहत सांस्कृतिक कार्यक्रम–२०७९’ को तेस्रो दिन शनिवार पललाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही १४ झिँगौरामा आयोजना गरिएको कार्यक्रमकालागी शाह शुक्रवार गृह जिल्ला दाङ आएका हुन । कार्यक्रममा आज प्रस्तुति रहने भएको छ । उनीसँगै शनिवार अन्य कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक कमल विष्टले जानकारी दिएका छन् ।

कार्यक्रम आयोजकले नागरिक अभिनन्दन गरिने कार्यक्रममा उपस्थितिकालागी सम्पूर्ण दंगालीहरुमा अनुरोध गरेको छ । टेलिफोन कुराकानी गर्दै पलले दंगालीहरुको मायाले गृह जिल्लाको कार्यक्रमकालागी दाङ आउदै गरेको भन्दै उनले कार्यक्रममा भेट्न सम्पूर्ण दर्शकहरुमा अनुरोध गरेका छन् । नायक तथा मोडल शाह दाङको रामपुरमा जन्मिएका हुन् ।

म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका शाह पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रिय नायकको रुपमा परिचित छन् । उनको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली चलचित्र जगतमा छोटो समयमा नै लोकप्रियता कमाएका छन् ।

गंगा मावि रामपुरमा मावि तहको अध्ययन गरेका पल ‘तिम्रो यादमा रुन्छु अचेल’ बोलको गीतबाट कलाकारितामा औपचारिक रुपमा यात्रा सुरु गरेका थिए । त्यसपछि उनको अभिनय यात्रा एकपछि अर्को अबसरसँगै सफल बन्दै गयो । उनी अभिनित धेरैजसो गीत चर्चित छन् । उनको पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’ हो । उनको चर्चीत म्यूजिक भिडियोहरुमा ‘को होला त्यो, हनि बनी, आइ लभ यू, फिदा, पुनर्जन्म’ हुन् ।

त्यस्तै उनले अभिनय गरेका चलचित्रहरु ‘नाइ नभन्नु ल–४, म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रु गते, बीरबीक्रम, म यस्तो गीत गाउछु–२’ चर्चीत छन् । म यस्तो गीत गाउछु–२ शाहको पछिल्लो चलचित्र हो । अभिनेता शाहले वेष्ट डेब्यु एक्टर अवार्ड, बेष्ट डेब्यु आर्टिष्ट अवार्ड, विन्ध्यावसिनी सङ्गीत पुरस्कार, आठौँ डि सिने पुरस्कार, एनएफडिसी पुरस्कार, सुर्य चलचित्र पुरस्कारबाट पुरस्कृतलगायतका प्राप्त गरेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad