Ad Area

महिलाको भित्री बस्त्र देखाएर मानसिक यातना दिने युवक प्रहरी फन्दामा


शिवराज खनाल
देउखुरी,१३ चैत । दाङमा एउटा अनौठो घटना घटेको छ । महिलाले लगाउने भित्री बस्त्र देखाएर मानसिक यातना दिएको भन्दै लमहीमा एक युवक पक्राउ परेका छन् ।

लमही नगरपालिका-५ सनलाईट चोक नजिक बस्ने एक महिलालाई घरको झ्यालमा महिलाले प्रयोग गर्ने भित्री बस्त्र झुन्डाई मानसिक यातना दिने गरेको भन्दै लमही-५ निवासी ३० बर्षीय रबि थापा पक्राउ परेका हुन । प्रहरीले आज सोमबार पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिएको हो ।

लामो समयदेखि उक्त वस्त्रहरु झ्यालमा झुन्डाएर मानसिक यातना दिएको भन्दै पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले युवकलाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शकर श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार ती युवकले अनलाईन कम्पनीमार्फत तीन महिनादेखि २४ वटा भित्री बस्त्र खरिद गरेको फेला परेको प्रहरीले जनाएको छ ।

उनले यो नयाँ र अनौठो प्रकृतिको घटना भएको बताए ।उनले आरोपितलाई अभद्र ब्यबहार सम्बन्धी मुद्धा चलाईने तयारी प्रहरीले बताए ।

पक्राउ परेका युवकले दुई बर्षदेखि फेक आइडीबाट ती महिलालाई अश्लील भिडियो तथा फोटोहरु पनि पठाउने गरेको खुलेको छ । आरोपीलाई प्रहरीले एक साताको म्यादथप गरि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार त्यी युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad