Ad Area

पुरस्कृत एवम् सम्मानित स्रष्टा छनौट


घोराही,१३ चैत । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्ने पुरस्कारका लागि सष्ठाहरु छनोट गरेको छ ।

पुरस्कार छनौट समितिका संयोजक कमलमणि देबकोटाको अध्यक्षतामा चैत्र ११ गते घोराहीमा बसेको बैठकले यसबर्ष पुरस्कृत हुने र सम्मानित हुने स्रटाहरुको छनौट गरेको हो ।

बैठकले आर्थिक २०७९ का लागि पुरस्कृत हुने स्रष्टाहरुमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार सुशील गौतम् (हापुर) र देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट साहित्यकार छविकिरण वलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार छनौट समितिका सदस्यहरूमा सङ्गीतकार सन्तोष श्रेष्ठ र शाखा सचिव प्रकाश केसी रहेका थिए ।

त्यसै गरी राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको सम्पन्न बैठकबाट यसवर्ष सम्मान गर्ने सष्टाहरूमा वरिष्ठ साहित्यकार गणेश विषम, दाङ शाखाका पूर्व अध्यक्ष डा लोकराज पराजुली, सल्लाहकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)लाई सम्मान गर्न निर्यण गरेको छ ।

यही चैत्र २५ गते शनिबार घोराहीमा सम्पन्न गरिने स्रष्टा सम्मान तथा काव्य उत्सव (०७९ सम्मान तथा पुरस्कार समर्पण, पन्ध्रौं वार्षिक साधारणसभा, काव्य वाचन ) मा उपस्थिति लागि साहित्यकार, सम्मानित एवम् पुरस्कृत व्यक्तित्व, अक्षकोष संस्थापक, आजिवन सदस्य, पत्रकार तथा साहित्यानुरागि सबैमा परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दिपक शर्मा ‘समीर) ले सवैमा अनुरोध गरेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad