Ad Area

कांग्रेस क्षेत्र न. २ द्वारा धन्यवाद ज्ञापन


घोराही, १९ चैत । नेपाली कांग्रेस क्षेत्र नं. २ ले चैत १७ गते सम्पन्न प्रथम क्षेत्रीय सम्मेलनमा सहभागी सम्प्ूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

क्षेत्रीय कार्यसमितिको आईतवार घोराहीमा बसेको बैठकले क्षेत्रीय सम्मेलनमा सहभागी प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको हो ।

क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा सहभागी प्रमुख अतिथि नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर लगायत सम्पूर्ण नेता कार्यकर्ता, शुवेच्छुक संघसंगठन तथा शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेको हो ।

बैठकले क्षेत्रको घुम्ती बैठकको सुरुवात गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको घुम्ती बैठक गर्ने कार्ययोजना अनुसार बैशाख ६ गतेको निमयित बैठक तुलसीपुर उपमहानगरपालिका वडा नंं १९ को छिल्लीकोटमा बस्ने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad