Ad Area

यौन दुव्र्यवहार घटना विरुद्ध अनेरास्ववियुको ध्यानाकर्षण


घोराही, २३ चैत । अनेरास्ववियु दाङले शान्तिनगर गाउँपालिकाको एक विद्यालयमा छात्रामाथि भएको यौन दुव्र्यवहारको घटना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पेश गरेको छ ।

अनेरास्ववियु दाङका उपाध्यक्ष वसन्त प्रसाद भण्डारी, दाङ जिल्ला सहसचिव मञ्जु देवकोटा, नगर अध्यक्ष रबि भक्त केसि, महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष सागर पण्डित, उपाध्यक्ष सविन पोख्रेललगायतको टोलीले शान्तिनगर गाउँपालिकाको विद्यालयमा चैत २० गते शिक्षक खुमानन्द पौडेलले गरेको यौन दुव्र्यवहारको घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल पक्राउ गरी आवश्यक कानूनी कारवाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुशील वैद्य समक्ष बिहीबार ध्यानाकर्षण गराएको हो ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि शिक्षक पौडेलले करणी गरेको जाहेरी परेपछि अहिले उनी फरार छन् ।

अनेरास्ववियु दाङले जिल्लाभर भएका विभिन्न घटना, आत्महत्यालगायत घटना बढ्दै गएको प्रति सरोकार सबैलाई गम्भीरतापूर्वक भूमिका निर्वाह गर्न पनि अपिल गरेको छ ।

Blog Post Ad Blog Post Ad