Ad Area

राप्ती नदीमा डुबेर बालक बेपत्ता !


घोराही, २३ चैत । राप्ती नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् ।

प्यूठानको झिम्रुक गाउँपालिका वडा नम्बर ८ स्थायी घरभई हाल राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सशस्त्र प्रहरी बलमा कार्यरत रामबहादुर सुनारका छोरा १२ वर्षका बिबेक सुनार बिहीबार दिउँसो करीव ४ बजे राप्ती नदीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

साथीसँग राप्ती नदीमा नुहाउन गएको बेला सो घटना भएको हो । घटना भएलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरीक्षक गोगन सिंहको कमाण्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी नायव उपरीक्षक होमबहादुर न्यौपानेको कमाण्डमा ३० जनाको टोली बालकको खोजी कार्यमा जुटेको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । दाङमा बैशाखयता ६ जनाको पानीमा डुबेर मृत्यु भईसकेको छ ।

Blog Post Ad Blog Post Ad