Ad Area

दाङमा बस दुर्घटना हुँदा ११ यात्रु घाईते


घोराही, २३ चैत । दाङमा बिहीबार दिउँसो बस दुर्घटना भएको छ ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ मसोटखोला नजिक नेपालगंजबाट घोराही तर्फ जाँदै गरेको भे १ ख २३१९ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो सवा ३ बजेतिर भएको दुर्घटनामा परी ११ जना यात्रु घाईते भएका छन् ।

घाईतेहरुमध्ये ५ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, ३ जनाको लमही अस्पतालमा र ३ जनाको कृपा मेडिकल लमहीमा उपचार भईरहेको छ । घाईतेहरुको शरीरका विभिन्न भागमा चोट लागेको भएपनि सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बस चालक फरार रहेकाले खोजीकार्य तीव्र पारिएकोप्रहरीप्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । घटना भएलगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय लमहीबाट प्रहरीको टोली खटिएको थियो ।

Blog Post Ad Blog Post Ad