Ad Area

नारायणपुरमा कृषि, पर्यटन तथा व्यापार महोत्सव लाग्ने


घोराही २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा महोत्सव सञ्चालन हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म चौथो नारायणपुर कृषी, पर्यटन तथा व्यापार महोत्सव हुने भएको हो ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागी आयोजना गरिने महोत्सवका विषयमा बिहीबार नारायणपुरमा बृहत छलफल भएको छ । नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव सफल बनाउन सम्वद्ध सबैले प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका कार्यसमिति, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, राजनितिक दलका प्रतिनिधी, वस्तुगत समिति प्रमुख, सामाजिक संघसंस्था लगायतको सहभागीता थियो ।

नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतको संयोजकत्वमा १ सय १ सदस्यीय महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । यस्तै नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा संयोजक र पूर्व अध्यक्षहरु दानबहादुर बुढाथोकी, प्रकाशकुमार न्यौपाने, चित्रबहादुर डाँगी, गोपालप्रसाद लम्साल सदस्य रहेको अनुगमन समिति र निवर्तमान अध्यक्ष महेन्द्रकुमार दाहाल संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad