Ad Area

देउखुरीको नर्तीमा बस दुर्घटना, ८ जना घाइते


दाङ,२७ चैत । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगरबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९३९२ नम्वरको बसको पट्टाको पिन भाचिएर अनियन्त्रित भएर नर्तीमा पल्टिदा बसमा सवारमा ८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईते लमही अस्पताल लमहीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । दुर्घटनामा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११ निवासी बर्ष २० की गिता सुबेदी, रुपन्देही जिल्ला पियारी गाउँपालिका– १ बस्ने वर्ष २१ की रोशनी शाह यादव, रोशनीको छोरा एक महिनाका शशी यादव घाइते भएका छन् । शशीको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ ।

रूपन्देही जिल्ला सैनामैना नगरपालिका २ बस्ने वर्ष ४६ का ओमप्रसाद ज्ञवाली, रुपन्देहीकै बुटवल–११ बस्ने वर्ष ४ का जस्तिन सुबेदी, सैनामैना नगरपालिका–४ बस्ने वर्ष ६६ की तुलसा पाण्डे, सोही ठाउँ निवासी वर्ष ६८ की लक्ष्मीदेवी पाण्डे र कपिलबस्तु जिल्ला रूद्रपुर गाउँपालिका–४ बस्ने वर्ष ५५ का सुरज थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

Blog Post Ad Blog Post Ad