Ad Area

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा लोक गायक पाण्डेय र वलीलाई पुरस्कार प्रदान


दाङ, ३० चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक गायक तथा सर्जक दण्डपानी पाण्डेय र गायक तथा संगीतकार केशवराज वली ‘राजेश’ लाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङले विहिवार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरेको हो ।

लामो समयदेखि लोकगीत संगीतका क्षेत्रमा क्रियाशिल केशवराज वली ‘राजेश’ स्वर्गीय मुधबाबु थाप स्मृति पुरस्कार र दण्डपानी पाण्डेयलाई स्वर्गीय मधुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कारसहित प्रमाणपत्र र टिकालगायर पुरस्कार प्रदान गरेको हो । त्यसैगरी लोक गायक घनश्याम केसी र हुमबहादुर डिसीलाई गीतसंगीतका क्षेत्रमा पु¥याएको योगदानलाई उच्च मुल्याङकन गरी कदरपत्रले सम्मान गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लोकगीत मौलिक सम्पति भएको भन्दै मौलिक सम्पतीको संरचनामा सवैले ध्यानदिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशसभा सदस्य न्यौपानेले लोकगीत संगीतको संरक्षणसँगसँगै प्रतिष्ठानले स्वर्गीय गायक मधुबाबु थापा र मथुराप्रसाद श्रेष्ठको सम्झनामा कार्यक्रमको आयोजना गरेर राम्रो कामको सुरुवात गरेको बताएका थिए । साथै आगामी दिनमा लोकगीत संगीतको विकाससँगै सर्जकको सम्मानका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा लोकगायक तथा संस्कृतिविद डा गोविन्द आचार्य, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङका सल्लाहकार गिरिराज सुवेदी, प्रतिष्ठान दाङका सस्थापक अध्यक्ष प्रेमप्रकाश मल्ल, नेपाल पत्रकार पत्रकार महासंघ दाङ शाखा सचिव आर.के.शीतल, राप्ती साहित्य परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पुरस्कृत सष्ठाहरुको बारेमा गजेन्द्र बहकरीले जानकारी गराएका थिए ।

प्रतिष्ठानकी महिला उपाध्यक्ष बिमला खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष काशीराम केसी र सचिव शिवराज बस्नेतले गरेका थिए । कार्यक्रममा गायकहरु हुमबहादुर डिसी,घनश्याम केसी, कमल गाउँले, रुचा मगर, रचना चौधरी, याज्ञेश्वर बस्नेत, दलबहादुर बस्नेत,राजमान खत्रीलगायतले स्वर्गीय मधुबाबु थापा र मधुराप्रसाद श्रेष्ठका गीतहरु गाएका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य निर्वाचित प्रेम शर्मालगायतका सम्मान समेत गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad