Ad Area

सशस्त्र प्रहरीका केसीद्धारा आफैंलाई गोली हानी आत्महत्या


घोराही, ४ बैशाख । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आईतबार साझ साढे ८ बजेतिरको समय एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।

‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ’,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो,‘घटनाबारेमा थप अनुसन्धानको काम भैरहेको छ ।’

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad