Ad Area

अमेरिका हाम्रो हित होइन, आफ्नै स्वार्थले नेपाल आउन चाहान्छ : नेता आचार्य


घोराही,७ बैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरीका हाम्रो हितको लागि होइन आफ्नै स्वार्थको लागि नेपाल आउन चाहाने बताएका छन् । अमेरिकी साम्राज्यवादको विरोध र राष्ट्रिय स्वाधिनताका पक्षमा राष्ट्रिय जनमोर्चाले घोराहीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले यस्तो बताएका हुन ।

अहिले नेपालप्रति अमेरिकी चासो बढेको छ । एमसिसी र एसपिपीमार्फत अमेरिका नेपालमा आफ्नो बर्चस्व स्थापित गर्न खोजी रहेको छ । सरकारमा बस्ने पार्टीहरु र अरु केही नया पार्टीहरुपनि आफ्नो निहित स्वार्थको लागि राष्ट्रिय स्वाधीनतालाई समाप्त गर्ने अमेरीकी साम्राज्यवादलाई खुला रुपमा प्रवेश गराउन चाहेको कुरा बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई इङ्गित गर्दै अहिले विशेष गरि अमेरिकी साम्राज्यवादी योजनालाई सफल गराउन चाहानेहरुको धुर्वीकरण भएको बताए । त्यसको पछिल्लो कडि स्वर्णिम वाग्लेको दलबदलले पुष्टि गरेको कुरा बताए । अर्को प्रसङ्गमा आचार्यले देशको सुरक्षा संबेदनसिलता शीत जोडिएको राष्ट्रिय परिचयपत्र बनाउन बिदेशीलाई दिने रास्वपा सभापतिको निर्णय चरम राष्ट्रघाती कदम भएको बताए ।

राष्ट्रिय जनमोर्चा ले बैशाख ७ गते देशैब्यापी आयोजना गरेको कार्यक्रम अंन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले घोराहीमा गरेको कार्यक्रममा यस्तो बताएका हुन । उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मनिराम खनाल र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य कृष्णा रानाले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad