Ad Area

दाङ महिला जेसीजद्वारा चौघेरामा योग शिविर


दाङ,१८ बैशाख । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोश्रो दिन घोराही उपमहानगरपालिका–१७ चौघेरास्थीत गोरक्षरत्ननाथ मन्दिरमा सोमवार एक दिने योग शिविर गरेको छ ।

दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा लुम्विनी प्रदेश पतान्जली योग समितिका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवं घोराही नगर समितिका संयोजक तोयानाथ योगीको विशिष्ट आतिथ्यतामा योग शिविर सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले स्वास्थ्य शरिरका लागि हरेक नागरिकलाई नियमित योगको आवश्यकता रहेको बताएका थिए । साथै उनीहरुले एक दिने योग प्रशिक्षणले सहभागीहरुलाई कसरी योग गर्ने भन्ने ज्ञान सिकाएको भन्दै आफ्नो सरिर स्वस्थ राख्नका लागि नियमित योगका जोडिन आग्रह गरेका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश पतान्जली योग समितिका अध्यक्ष प्रेम शाह, घोराही नगर समितिका संयोजक तोयानाथ योगी, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष शारदा घर्ती, दाङ महिला जेसीजका पूर्व अध्यक्ष एवं योग साधनका सह प्रशिक्षक बिमला शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक एवं दाङ महिला जेसीजका उपाध्यक्ष बिन्दु डाँगीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा जेसीज सदस्यता वृद्धि सभापति संयोजक रेमन्ता पुनले आस्थापाठ गराएकी थिइन । कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले धन्यावाद ज्ञापन गरेको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका बारेमा कार्यकारिणी उपाध्यक्ष एवं मुल समारोह समिति संयोजक बसन्ता भण्डारीले जानकारी गराएकी थिइन् ।

कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गरेकी थिइन । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलवार राप्ती शिक्षा क्याम्पसमा विद्यार्थीका लागि मोबाइल लतसम्बन्धी सचेतनामुलक कार्यक्रम गर्न थालेको छ ।

त्यसैगरी बुधवार रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान, विहीवार घोराही उपमहानगरपालिका–१३ सेवारमा असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग, शुक्रवार घोराही–१७ शान्ति टोलमा नागरिक सचेतना कार्यक्रम र शनिवार सप्ताहको अन्तिम दिन त्रिभुवननगर जेसीज सचिवालयमा बढ्दो आर्थिक संकट र समाधानमा हाम्रो प्रयास विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेर समापन गरिने भएको छ । सप्ताहव्यापी कार्यक्रम बैशाख १७ गते आइतवारदेखि सुरु भएको थियो ।