Ad Area

यूएईलाई हराउँदै एसिया कपमा नेपाल


काठमाडौं,१९ वैशाख । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । गुल्सन झा र भीम सार्कीको साझेदारी र ललितनारायण राजवंशीको चार विकेटप्रेरित नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा स्थान बनाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा बलिङमा ललितचम्किदा ब्याटिङमा गुल्सन र भीमको उत्कृष्ट महत्वपूर्ण साझेदारीमा नेपालले प्रिमियर कपको उपाधिसहित पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

प्रिमियर कपको उपाधि जितेसँगै नेपालले यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा समूह ‘ए’ मा स्थान पक्का गरेको हो । ६ टिमको सहभागिता रहने प्रतियोगिताको यो समूहमा भारत र पाकिस्तान छ ।

फाइनल खेलमा ब्याटिङतर्फ गुल्सन झाले अर्धशतक बनाएपछि मंगलबार यूएईले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालको जितमा गुल्सन झाले अविजित ६७ रन बनाए । गुल्सनले ८४ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो दोस्रो अर्धशतक हो । गुल्सनले ७५ बलमा ५० रन पूरा गरेका थिए । गुल्सनलाई उत्कृष्ट साथ दिएका भीम सार्कीले ७२ बलमा चार चौकासहित अविजित ३६ रन जोडे । २२–३ को कठिन अवस्थाबाट यी दुई चौथो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए ।

Blog Post Ad

यूएईविरुद्ध नेपालका दुबै ओपनरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका ओपनरद्वय कुशल भुर्तेलले एक रनमा आउट हुँदा आसिफले पनि टिमको खातामा आठ रनमात्र थपे । चौथो नम्बरमा ब्याटिङका लागि आएका कप्तान रोहितकुमार पौडेल पनि एक रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो ।

यूएईका रोहत मुस्तफाले दुई विकेट लिँदा आयाज अफ्जल खानको नाममा एक विकेट रह्यो । फाइनल खेल सोमबार सुरु भए पनि लगातार वर्षाका कारण खेल मंगलबारलाई सरेको थियो । सोमबार यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउदा वर्षा भएपछि खेल रोकिएको थियो । मंगलबार सोही अवस्थाबाट खेल सुरु भए पनि यूएईले स्कोरबोर्डमा ११ रनमात्र थप्न सक्यो ।

यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाए । अन्तिममा जुनैद सिद्दिकीले १० रन थपे । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईविरुद्ध सस्तैमा समेट्न कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले चार विकेट लिएका थिए । ७.१ ओभर बलिङ गरेका ललितले दुई मेडन राख्द १४ रनमात्र खर्चिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।

प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्धतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए । समूह ‘बी’ बाट यूएई र कुवेत अन्तिम चारमा आएका थिए ।

Blog Post Ad Blog Post Ad