Ad Area

जनमोर्चा घोराही अध्यक्षमा मनिराम चयन


घोराही, ३० बैशाख । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरको सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरि खरेलको अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो ।

सम्मेलन उदघाटन गर्दै अध्यक्ष आचार्यले देशमा राजनैनिक अनिश्चय र मुल्य विघटनको शृङ्खला सुरु भएको कुरा बताउनुभयो । राष्ट्रिय जनमोर्चा मात्र निष्ठा र स्वाभिमानको राजनीतिलाई आफ्नो मुख्य विषय बनाएको कुरा बताउनुभयो ।

सम्मेलनलाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य चन्द्र बहादुर नेपाली, कृष्णा राना, अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल वुद्धिजीवी संघ जिल्ला अध्यक्ष चुनचुन केसी, जातिय समता समाज जिल्ला अध्यक्ष सुर्यलाल नेपाली, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक जिल्ला सचिव कमल पन्थी, अखिल नेपाल युबक संघ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, जिल्ला सदस्य सुमन घर्ती, अखिल नेपाल महिला संघ नगर अध्यक्ष हिरा खनाल , सुरेश कुमार पाण्डे, प्रगतिशील पत्रकार संघ जिल्ला सदस्य बलदेब बिक लगायतले सम्बोधन गर्नुभएको हो ।

त्यस अवसरमा जेष्ठ सदस्य बुद्धिराम खड्का र प्रेमलाल पोख्रेललाई सम्मान गरिएको थियोे । सम्मेलनले मनिराम खनालको अध्यक्षतामा सल्लाहकार सहित २९ सदस्यीय नगर समिती चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रबहादुर रावत, सचिव रामप्रसाद पोख्रेल , सहसचिव हिरा खनाल, कोषाध्यक्ष झबिन्द्र कालाथोकी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा मोहन रिजाज, ज्ञान बहादुर घर्ती , लोक बहादुर ओली, नारायण घर्ती , पोषण नेपाली, सुसिला नेपाली, कल्पना घर्ती, देबा पाण्डे , जागेश्वर न्योपाने, शुद्ध बहादुर बाठा, रोम प्रसाद पोख्रेल, कुन्ता खडका, डोरबहादुर केसी, श्रीराम भट्टराई, दिपक केसी, जितबहादुर पुन, शोभाकर आचार्य चयन हुनुभएको छ ।

यस्तै सल्लाहकारहरुमा हरि खरेल, नारायण पोख्रेल, चेत बहादुर राहु, सुरेश पाण्डे, वसन्त केसी, सुर्यलाल नेपाली रहनु भएको छ । नगर उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव मनिराम खनालले गर्नुभएको हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad