Ad Area

बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्षद्वारा राजिनामा


घोराही,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष जितेन्द्र शाहले पदबाट राजिनामा दिएका छन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलवार पदबाट राजीनामा दिएका हुन ।

शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका थिए । निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता अनुसार जनताको काम गर्न नसकेको भन्दै वडा अध्यक्ष शाहले राजिनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

वडा अध्यक्ष शाहले भने,‘नगर प्रमुख आफ्नै पार्टीबाट निर्वाचित भएपनि बजेटमा विभेद गनुर््भयो । जसले गर्दा मलाई निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्न सक्ने अवस्था रहिन । त्यसैले राजिनामा दिने निर्णय गरेको हुँ ।’ वडा अध्यक्ष शाहले यसअघि पनि राजीनामा दिने भनेर सामाजिक सञ्जाल फेसवुकबाट घोषणा गरेपनि दिएका थिएनन् ।

त्यसैगरी उपमहानगरपालिकाको बजेट पासमा वडा नम्बर १५ ले असहमति जनाएको छ । संशोधन गरि बजेट पास गनेुपर्ने वडा नं. १५ का जनप्रतिनिधिहरुले कुरा उठाएपनि नगर प्रमुख नरुलाल चौधरीले बहुमतका बलमा बजेट पास गरेको वडा सदस्य लेखनाथ बुढाथोकीले बताए ।

उनका अनुसार बजेट एकलौटि ढंगबाट ल्याइएको अरु कसैको कुरा सुनुवाइ नभएको सार्वजनिक शौचालय, सडक बत्ती , ढलको निकासका कुरनमा नगर प्रमुख मौन बसेको उनले बताए ।
नेपाली कांग्रेसले जितेको वडा भएकोले राजनीतिक प्रतिशोधका आधारमा नगरको मुख्य भाग वडा नम्बर १५ लाई अलग्याइएको आरोप वडा सदस्य बुढाथोकीले बताए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad