Ad Area

लमही मेयर कप क्रिकेटको उपाधि गुरुकुल क्रिकेट क्लवलाई


लमही,१२ असार । लमही मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि गुरुकुल क्रिकेट क्लवले जितेको छ । लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिशिद्धेश्वरी क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्दै गुरुकुलले उपाधि जितेको हो ।

लमही नगरपालिकाको सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजना तथा देउखरी वारियर्सको सहआयोजनामा संचालित जिल्लास्तरिय चौथो लमही मेयर कप पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पराजित त्रिशिदेश्वरी उपविजेता बनेको छ । २० ओभरको खेलमा ९८ रन को विजय लक्ष्य पछ्याएको गुरुकुलले उक्त लक्ष्य १६.२ ओभरमा आफ्नो ५ विकेट गुमाएर भेटाएको थियो । गुरुकुलका लागि अर्जुन घर्तीले २ छक्कासहित १९ बलमा २४ रन बनाए । तेस्तै दिपक बोहराले १५ बल खेल्दै ३ चौका र १ छ्क्कासहित २३ रन बनाए ।

मनोज पुनले नटआउट १८ रन, मोहन खत्रीले १६ रन र सन्तोस केसीले नटआउट ९ रन बनाएका थिए । अतिरिक्तमा गुरुकुलले ६ रन जोडेको थियो । बलिङमा त्रिशिदेश्वरीका हरिस केसीले ४ ओभरमा १९ रन खर्चदै ३ विकेट लिएका थिए। तेस्तै कौशल रुपाखेती र दिवान पुनले समान १÷१ विकेट लिएका थिए । पहिले टस हारेर ब्याटिङ गरेको त्रिशिदेश्वरीले २० ओभर पूरा खेल्दै आफ्नो ८ विकेट गुमाएर जम्मा ९७ रन मात्र बनाएको थियो । त्रिशिदेश्वरीका लागि समिर शर्माले २६ बल खेल्दै १ छक्का र १ चौकासहित २१ रन बनाए ।

कप्तान शंकर बुढाले १६ बल खेल्दै २ छ्क्कासहित १९ रन बनाए । कौशल रुपाखेतीले १७ रन र लक्ष्मण बुढाले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अतिरिक्तमा त्रिशिदेश्वरीलाई ७ रन मिलेको थियो । ९७ रनमा रोक्न बलिङमा गुरुकुलका मोहन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल रहे । तेस्तै बिरु मगरले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए । दिपक बोहोरा र अर्जुन घर्तीले समान १÷१ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द फाइनल गुरुकुललाई च्याम्पियन बनाउन आफ्नो अल राउन्ड प्रदर्शन गर्दै बलिङमा आफ्नो टिमका लागि ४ विकेट लिने तथा ब्याटिङमा १६ रन बनाउने मोहन खत्री भए । प्रतियोगिताको बेस्ट बलर त्रिशिदेश्वरीका हरिस केसी भए । उनले ५ खेलमा १२ विकेट लिएका थिए भने एकै खेलमा ७ विकेट समेत लिन सफल भएका थिए ।

त्यस्तै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान गोर्खा स्कुल लमहीका प्रज्वल थापा रहे । उनले ४ खेलमा १७५ रन बनाउन सफल रहेका थिए । तेस्तै प्रतियोगिताका उदाउँदो खेलाडी गोर्खा स्कुलका प्रमेश केसी भए भने प्रतियोगिताका राइजिङ प्लेयर गुरुकुलका जोन ओली भएका हुन । प्रतियोगिताका यी विभिन्न बिधाका खेलाडीहरुलाई विधागत ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको बिजेता बनेको गुरुकुलले प्रथमको ट्रफी, मेडलसहित पच्चास हजार रुपैयाँ प्राप्त गरेको भने उपबिजेता त्रिशिदेश्वरी स्पोर्ट्स क्लबले द्वितीयको ट्रफी, मेडलसहित पुरस्कार पच्चिस हजार रुपैयाँ प्राप्त गरेको छ ।

Blog Post Ad

जिल्ला बाहिरबाट ३ खेलाडी समाबेश गर्न मिल्ने गरि आयोजना गरिएको प्रतियोगितामा सहभागी कुल ११ टिमलाई ३ ग्रुपमा विभाजन गरि प्रत्येक टिमलाई ३ लिग म्याच खेल्ने अवसर मिलेको थियो भने ग्रुप प्रथम हुने ३ टोलीलाई सुपर ३ अन्तर्गत एक आपसमा खेलेका थिए । सुपर ३ मा गुरुकुलले त्रिशिदेश्वरी र गोर्खालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने त्रिशिदेश्वरीले गोरखालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो । गुरुकुलका कप्तान सुशान्तसिंह थापाले प्रतियोगिताको सम्पूर्ण खेलको टससहित म्याच पनि जितेका थिए ।

फाइनल खेलका बिजेता गुरुकुल क्रिकेट क्लवको ब्यबस्थापन टेकेन्द्र वलीले गरेका थिए भने कोचमा गुरुकुल एकेडेमीका अनुशासन संयोजक समेत रहेका थिन्ले वांङ्दि भुटिया रहेका थिए । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले क्रिकेट खेलप्रतिको खेलाडीको आकर्षणलाई बढावा दिन र हौसला प्रदान गर्न प्रत्येक बर्ष मेयरकपको आयोजना गरिने बताए ।

२०८०÷०८१ को बजेटमार्फत पनि यस्ता खेललाई समेटेर अगाडि लैजाने भन्दै खेलाडीलाई निराश नहुन नगर प्रमुख चौधरीले आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि यस्ता खेल नियमित गर्नुपर्नेमा जोड दिएका थिए । अर्जुन बस्नेतको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सुरज खनालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad