Ad Area

दाङमा बृक्षारोपण शुरु, तीन लाख बिरुवा रोपिने


दाङ,१४ असार । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जनसहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो बर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्यअनुसार आजदेखि काम थालिएको बताए । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उनी बताउँछन । राष्ट्रिय बृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५हजार बढि रोपिएको जानकारी दिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिकवन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डागी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाललगायतकाले बोलेका थिए ।

Blog Post Ad

सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गरेका थिए ।

बैज्ञानिक पार्कमापनि बृक्षरोपण

घोराहीउपमहानगरपालिका वडा नं १मा रहेको आधारभूतविद्यालयसिमलतारामा डिभिजन वनकार्यालयको सहयोगमानिर्माण गरिएको बैज्ञानिक पार्कमापनि राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नं १ काअध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरुका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमालगायएको बिरुवाहुर्काएर हराभर गराउने प्रतिवद्धता ब्यक्त गरेका हुन ।

आफूहरुले वनतथावातावरण संरक्षणमा ध्यानदिएकै कारण हरियाली बढेकाकाकारण अनेत्र गर्मी र पानीको हाराकार हुदापनि आफ्नो वडामा त्यसको अनुभूतिनभएको वडाध्यक्ष पाण्डेयको भनाई थियो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले बैज्ञानिक पार्कलाई सिकाईको थलोका रुपमा बिकास गर्ने गरी कार्यालयले काम गरिरहेको बताए ।
बसन्त हरियाली क्षेत्रमापनि बृक्षारोपण

राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्याला पानीमा रहेको निर्माण भएको पोखरी र निर्माणाधिन पिकनिक स्पोट परिसरमा बृक्षारोपण गरिएको छ । वन समूहका अध्यक्ष पदम योगीको सभापतित्व एंव डिभिजन वनअधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष मधुसुदन घिमिरेले वन तथा वातावरणको संरक्षणका लागि वडाले योजना नै बनाएर अघी बढेको बताए । कार्यक्रमको सहजिकरण वन समूहका कार्यालय सचिव बलदेव अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad