Ad Area

सञ्चार तथा सूचना प्रविधिमा महिलाको पहुँचवृद्धि गर्नुपर्नेमा जोड


दाङ,१६ असार । सञ्चार तथा सूचना प्रविधिमा महिलाको पहुँच सम्बन्धी जनचेतना मुलक कार्यक्रम घोराही उपमहानगरपालिका वडा नम्बर ९ मा शनिवार सम्पन्न भएको छ ।

स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता तथा वडा अध्यक्ष चैतुकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यसअबसरमा प्रमुख अतिथि चौधरीले संविधान प्रद्धत्त सूचनाको हक सबै नागरिकलाई पाउनुपर्छ भन्ने मान्यताका साथ सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको बताए ।

सूचनाले आम नागरिकलाई जोड्न मद्धत पुग्ने बताउँदै यसको सहि प्रयोग गर्न नजान्दा यसको असर समाजलाई समेत पुग्ने भएकाले यसको प्रयोग र उपयोगमा सावधानी अपनाउनु आजको आवस्यकता रहेको बताए ।

कार्यक्रममा वडा सचिव तिलक बाठाले कोहि पनि सुचनाको हकबाट वञ्चित हुनुहुँदैन भन्ने मान्यताका साथ संविधानमा सुचनाको हक मौलिक हकको रुपमा आएको बताए । कार्यक्रममा नेपाल दुरसञ्चार कार्यालय घोराहीका शाखा अधिकृत सुरेशकुमार शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवा, सुविधाका बारेमा जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष वसुन्धरा गौतमले सुचना, सञ्चार, आमसञ्चारमा महिलाको पहुँच, सामाजीक सञ्जाल, यसको प्रयोग र सावधानीको बारेमा जानकारी गराए ।

संस्थाका संस्थापक अध्यक्ष सुशिला पौडे्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रेखा शर्माले गरेकी थिइन । कार्यक्रममा ३५ जना सहभागिलाई नमस्तेको सिम कार्ड समेत उपलब्ध गराईउको थियो । कार्यक्रम नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय अन्र्तगत आयोजना गएको हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad