Ad Area

डिसीद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सहयोग


घोराही, २१ असार । दाङ महिला जेसीज वर्ष २०२३ का उपाध्यक्ष भिमा डिसीले बुधबार आफ्नो जन्मदिन बालबालिकालाई सहयोग गर्दै मनाउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १७ मा रहेको आधारभुत विद्यालय भैसाहीमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै जन्मदिन मनाउनु भएको हो ।

दाङ महिला जेसीज वर्ष २०२३ की अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष तुलप्रसाद घिमिरेको प्रमुख आतिथ्य एवं जन्मदिन मनाउनु भएकी डिसीकी आमा कलावती डिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो । विद्यालयमा अध्ययनरत ७३ जना विद्यार्थीलाई स्टेशनरी सामान कापीकलम, खेलकुद सामग्री सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक योगमाया भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जन्मदिन मनाउनु भएकी डिसीकी आमा कलावती डिसीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमका वक्ताहरुले फजुल खर्च गर्नुभन्दा बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाउने काम प्रशसंसनीय काम भएको बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।

यसैगरी, दाङ महिला जेसीज वर्ष २०२३ की उपाध्यक्ष साथै अनेरास्ववियु निवर्तमान केन्द्रिय सदस्य तथा नेकपा एमाले रोल्पाका सदस्य समेत रहनु भएकी भिमा डिसीले समाज कल्याण केन्द्र दाङले थालेको खुत्रुके बचत अभियानमा पनि सहयोग गर्नुभएको छ ।

केन्द्रका अध्यक्ष निर्माला गौतमलाई भेट गरी केन्द्रले लागुऔषध दुव्र्यसन न्यूनिकरणका लागि थालेको अभियान र आमा शिक्षा कार्यक्रमको प्रभाव समाजमा राम्रो देखिएको भन्दै एक रुपैयाँ खुत्रुके बचत अन्तरगत ५ हजार रुपैयाँ सहयोग गर्नुभएको संस्थाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad