Ad Area

नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला परिषद भेला सम्पन्न


घोराही, ३० असार । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको प्रथम जिल्ला परिषदको पहिलो भेला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा पेशागत महासंघका केन्द्रीय समिति सदस्य उद्धव न्यौपानेको प्रमुख आतिथ्य एवम् नेकपा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश सचिव भागवत पौडेलको विशिष्ट आतिथ्यमा शनिबार घोराहीस्थित संगठनको भवनमा प्रथम जिल्ला परिषद भेला भएको हो ।

भेलामा प्रमुख अतिथि न्यौपानेले नेपालको शैक्षिक गतिविधिलाई सदैव माथि राखेर शैक्षिक उन्नयनमा लाग्न संगठनमा आवद्ध शिक्षकहरुको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, शिक्षकहरुको सशक्त भूमिका नभएसम्म शैक्षिक गुणस्तर कायम गर्न सम्भव नरहेकाले शिक्षण पेशालाई सेवा ठानेर गम्भीरतापूर्वक जिम्मेवारीमा लाग्न अपिल गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले संगठनका तर्फबाट गरेको संस्थागत प्रयासले आफ्नै भवन बन्न सम्भव भएको हुँदा यसको पूर्णताका लागि सबैको साथ सहयोग जुटाउने काममा पनि ध्यान दिन सचेत गराउनुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सहसचिव अम्बिका बिष्ट, पेशागत महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीमन न्यौपाने, पूर्वअध्यक्षहरु हरिप्रसाद गौतम, हुमबहादुर केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका इतिहास लेखक पद्मप्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरका अध्यक्ष होमराज डाँगीलगायत बोल्नुभएको थियो ।

सो अवसरमा, संगठनको सांगठनिक प्रतिवेदन सचिव मीनराज शर्मा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजय अधिकारी र महिला विभागको प्रतिवेदन संयोजक श्यामा रावतले प्रस्तुत गर्नुभएको थियो ।

Blog Post Ad

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष तिलक गिरीले स्वागत गर्नुभएको भेलामा सहभागीलाई अर्का उपाध्यक्ष शेवकराम वलीले धन्यवाद ज्ञापन गर्नाुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव मीनराज शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad