Ad Area

बिषालु च्याउ खाँदा दाङमा दुई जना बिरामी


घोराही, २ साउन । दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् ।

मंगलबार बिहान वनबाट ल्याएको जंगली च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी परेका गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो ।

विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी रहेका छन् । बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भैरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका प्रमुख यादवले बताउनुभयो । वर्र्खा लागेसँगै जंगलमा उम्रिने विषालु च्याउ खाँदा बिरामी हुने गरेका छन् ।

प्रहरीले सार्वजनिक सूचना जारी गरेर जंगली च्याउसकेसम्म नखान, खाने च्याउ भएमा राम्रोसँग पहिचान गरी पकाएर मात्रै खान सचेत गराएपनि अटेरी गरेर जंगली विषालु च्याउ खाँदा मानिसको ज्यानसमेत जाने गरेको छ । दुई दिनअघि रोल्पामा जंगली विषालु च्याउ खाँदा ३ जनाको ज्यान गएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad