Ad Area

अन्टुक घोराही उपमहानगर समितिको अध्यक्षमा वुद्ध राम्जाली


घोराही, १३ साउन । अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक घोराही उपमहानगर समितिको भेला शनिबार सम्पन्न भएको छ । भेलाले वुद्ध राम्जालीको अध्यक्षतामा १४ जनाको उपमहानगर समिती गठन गरेको छ ।

जसमा ९ जना पूर्ण, दुई जना वैकल्पिक र तीन जना सल्लाहकार चयन हुनुभएको छ । नगर समितिको उपाध्यक्षमा राजेन्द्र भण्डारी, सचिवमा बालाराम अधिकारी, सहसचिवमा नरबहादुर मिजार, कोषाध्यक्षमा नारायण पन्थी, सदस्यहरुमा हरि घर्ती, पूर्ण नेपाली, आम्मी नेपाली, विष्णुप्रसाद पन्थी, सुशिला सार्की, तथा सल्लाहकारहरुमा तुलसीराम पन्थी, भीमकान्त पन्थी र पोषण नेपाली चयन हुनुभएको छ ।

भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियोे । उहाँले पाएको जिम्मेवारीलाई अपनत्व लिँदै गम्भीरतापूर्वक काम गर्न सचेत गराउनुभयो ।

यसैगरी, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक जिल्ला सचिव तुलसी पन्थी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, अखिल नेपाल किसान महासंघ जिल्ला सचिव तथा नगर अध्यक्ष मनिराम खनाल, जातीय समता समाज जिल्ला सहसचिव पोषण नेपाली, अखिल नेपाल महिला संघ, नगर सदस्य सुशिला सार्की लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

नगर अध्यक्ष भीमकान्त पन्थीको अध्यक्षतामा भएको भेलाको सहजीकरण सहसचिव राजेन्द्र भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad