Ad Area

दाङका चार खेलाडी प्रतियोगिताका लागि भारत प्रस्थान


दाङ, २१ साउन । ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा दाङका चार जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । भारतको हैदरावादमा हुने प्रतियोगितामा २÷२ जना पुरुष र महिला खेलाडी छनोटमा परेका हुन ।

जसअन्तर्गत दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष समेत रहेका खेलाडी घोराही उपमहानगरपालिका–१५ निवासी भीमबहादुर थापा, घोराही उपमहानगरपालिका–१७ निवासी अनिषा घिमिरे र सुष्टि योगी र बंगलाचुली गाउँपालिका निवासी सन्तोष बुढामगर रहेका छन् । उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन दाङबाट छनोट भएका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । इण्डियन आइटिएफ तेक्वान्दो संघको आयोजनामा हुन थालेको प्रतियोगितामा नेपालसहित भारत, पाकिस्थान,श्रीलंका,अफगानस्थान बंगलादेश,भुटान,तुुर्किस्तान देशका खेलाडीहरु सहभागी हुनेछन् ।

Blog Post Ad Blog Post Ad