Ad Area

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्वाचित


घोराही, २२ साउन । दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मजगैयाँ निर्वाचित भएका छन् । सोमवार घोराहीमा भएको चौथो जिल्ला अधिवेशनबाट मजगैयाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण डाँगीले जानकारी दिएका छन् ।

संयोजक डाँगीका अनुसार संघको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी ‘पुरन’ र कोषाध्यक्षमा बालकृष्ण खत्री, सदस्यहरुमा किशोरचन्द्र गौतम, कैलाश रोकामगर, अनु केसी, केशव झाक्री मगर, प्रविन बुढा मगर, रुपेश शर्मा, विकास आचार्य, सन्जोग गिरी र सन्दीप घर्तीमगर निर्वाचित भएका छन् ।

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मजगैयाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सचिव दुर्गाराज पाठकले दाङ क्रिकेट क्षेत्रको विकासका लागि सम्भावना बोकेको ठाउँ भएकोे भन्दै पूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा ध्यानदिनुपर्ने बताए । उनले खेलसँगै पूर्वाधार विकासका दृष्टिले दाङ जिल्ला प्रदेशमै सम्पन्न जिल्लामा पर्ने भएकाले पूर्वाधारसँगै खेलकुदको गुणस्तर सुधारमा ध्यानदिनुपर्ने बताएका हुन ।

लुम्विनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापाले पूर्वाधारको विकाससँगै प्रतियोगिताहरु सञ्चालन गरेर खेलाडीहरु उत्पादनमा ध्यानदिनुपर्ने बताए । प्रदेशस्तरीय क्रिकेट विकासका लागि दाङ जिल्लाले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेल्ने खेलाडी उत्पादनमा ध्यानदिनुपर्ने थापाको सुझाव रहेको थियो ।

अधिवेशनको उद्घाटनसत्रमा लुम्विनी प्रदेश क्रिकेट संघका सचिवालय सदस्य किशोरचन्द्र गौतम,घोराही उपमहानगरपालिका वडा नं. १७ को वडा अध्यक्ष रामलौटन चौधरी, घोराही नगरस्तरीय खेलकुद विकास समितिको अध्यक्ष नरेन्द्र पुन,बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोबर पछाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार खड्ग बुढाथोकीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सञ्जु केसीले गरेका थिए । साधारणसभा तथा अधिवेशनमा सचिव सञ्जु केसीले प्रगति तथा कोषाध्यक्ष बालकृष्ण खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसअवसरमा क्रिकेट खेलको विकासका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad