Ad Area

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध


घोराही, २३ साउन । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बर्षादका कारण सोमवार राती १२ बजेतिर खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार सोमवार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।

सडक सूचारुका लागि पहिरो हटाउने काम भैइरहेको छ । उहाँले भन्नुभयो,‘राती सडकमा लेदोसहितको ढुंगा र माटो खेसपछि सडक अवरुद्ध हुन पुगेको थियो । अहिले जेसीवीलगाएर पञ्छ्याउने काम भइरहेको छ ।’ सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

फाइल तस्बिर

Blog Post Ad Blog Post Ad