Ad Area

च्याउ खाएर बिरामी,उपचारका क्रममा मृत्यु


घोराही, १ भदौ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको ज्यान गएको छ । साउन २९ गते साँझ बंगलाचुली गाउँपालिका–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तीन जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर गम्भिर विरामी पर्नुभएकी बंगलाचुली गाउँपालिका–४ मैकुटी निवासी २७ बर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

इश्वरी सुनारकी ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । बिषालुी च्याउ खाएर गम्भिर घाइते तीन जनामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका अनुसार श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ । अजयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

Blog Post Ad Blog Post Ad