Ad Area

विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव


दाङ,१ भदौ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधब अधिकारी ३ घण्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको, विद्यार्थीहरुका समस्यामा बेखवर बनेको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले शुक्रवार कुलसचिव अधिकारीलाई ३ घण्टा आफ्रनै कार्यकक्षमा थुनेका थिए ।

४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षाफल सबै प्रक्रिया पुरा गरेर पनि प्रकाशित नगरेका कारण आजको आन्दोलन गर्नु परेको स्वबियु सदस्य पारस गिरिले जानकारी दिएका छन् । तर कुलसचिव माधव अधिकारीले भने विद्यार्थीहरु सबै प्रक्रियाका बारेमा जानकार नहुदाँ आजको घटना भएको प्रक्रिया दिएका छन् ।

आयुर्वेद चिकित्सा तह सातौँ सेमेस्टरको परिक्षाफल परिक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । स्ववियु र विश्वविद्यालयका बिच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमती भएको छ । २ महिना अघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला खुलेको १ हप्ता नहुँदै आज फेरी विश्वविद्यालयमा यो घटना भएको छ ।

Blog Post Ad Blog Post Ad