Ad Area

प्रजातान्त्रिक उद्यमी संघले दाङ उवासंघ चुनाव लक्षित भेला गर्ने


घोराही,५ भदौ । प्रजातान्त्रिक उद्यमी संघ घोराहीले आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावलाई मध्यनजर गर्दै ब्यापारीक भेलाको गर्ने भएको छ । संघले यही भदौको ९ गते शनिबार दिन घोराहीमा रहेको राप्ती सुपर लजमा ११ बजे भेला गर्न थालेको हो ।

प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालिबहादुर खत्रीको अध्यक्षतामा मगलवार बसको कार्यसमितिको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव श्रीधर धितालले जानकारी दिएका छन् । आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीको नामावली संकलन उम्मेदवारीको छनोट प्रक्रियालगायत विषयमा छलफल हुने र निर्यण गरिने समेत महासचिव धितालले जानकारी दिएका छन् ।

भेलामा सम्पूर्ण व्यवसायी सहभागी हुन अनुरोध गर्दै आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीका नामावली संकलन भएकालाई मात्र यस प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार हुने भएको हुँदा सम्पूर्ण आकांक्षीलाई उपस्थितिका लागि संघका अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad