Ad Area

निर्वाचनको तयारीमा दाङ उवासंघ, निर्वाचन समिति गठन


घोराही, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचनको तयारीमा जुटेको छ । संघको शुक्रवार बसेको बैठकले आउने असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन गराउनका लागि अधिबक्ताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिति बनाउने निर्णय गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिएका छन् ।

अधिवेशनले ३ वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व सर्व सहमतीमा चयन गर्नका लागि प्रयास जारी रहेको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

त्यसैगरेर बैठकले १९ औ साधारणसभाका लागि विभिन्न समिति गठन गरेको छ । अतिथी सत्कार समितिमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल रहेका छन् । मञ्च व्यवस्थापन समितिमा देवकला वस्नेत, विनोदप्रसाद पाण्डे, जुद्धवहादुर घर्ती ‘जगत’ रहेका छन् ।

भोजन तथा आवास व्यवस्थापन समितिमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का रहेका छन् । संघको साधारसभा यही असोजको ६ गते र अधिवेशन असोजको १३ गते हुँदैछ ।

वडा प्रहरी प्रमुखसंग छलफल

दाङ जिल्ला उद्योग वाणिज्य संघले वडा प्रहरी कार्यालय घोराहीमा भरखरै सरुवा भएर आएका वडा प्रहरी प्रमुखसंग छलफल गरेको छ । संघले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेसंग परिचयात्मक तथा उद्योगी, व्यवसायीहरुको शान्ति सुरक्षाको विषयमा छलफल गरेको हो ।

Blog Post Ad

कार्यक्रममा प्रहरी प्रमुख पाण्डेले नागरिकलार्इ शान्ति सुरक्षा आफनो प्राथमिकता रहेको बताए । आफु कानुनको कार्यान्वयमा लागि पर्ने बताए । आफुले नागरिकले केही अनुभुती हुने गरि काम गर्ने समेत उनको भनाइ रहेको थियो । ‘नागरिकले केही फरक पाउने गरि काम हुने छ’ प्रमुख पाण्डेले भने ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले व्यवसायीहरु हरेक क्षेत्रवाट समस्यामा परेको बताए । समस्याको कारण धेरै व्यवसायीहरु विस्थापित हुदै गएको उनको भनाइ रहेको छ । हरेक क्षेत्रसंग सहकार्य गदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य उनले बताए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad