Ad Area

क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा


काठमाडौं,८ भदौ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को वाग्मती प्रदेश अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै खड्काले वाग्मती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । काठमाडौंबाट पारसलाई अध्यक्ष, मकवानपुरलाई उपाध्यक्ष, ललितपुरलाई सचिव र भक्तपुरलाई कोषाध्यक्ष दिने र ९ सदस्य पदमा आपसी समझदारीमा उमेदवारी दिइने समझदारी भएको छ ।

पारस अहिले काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्य छन् । पारसलाई काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षले साथ दिएका छन् ।

Blog Post Ad Blog Post Ad