Ad Area

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी पाण्डे २३ वर्षपछि पक्राउ


दाङ, ११ भदौ । दाङमा कर्तव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उनलाई कर्तव्य ज्यान मुद्धामा सर्वोेच्च अदालत काठमाडौले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि सोमबार ९आज० जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad