Ad Area

दाङमा हाइसको ठक्करबाट एक बालकको मृत्यु


 दाङ, ३१ भदौ । दाङमा हाइसले अटोलाई ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौरा निवासी १३ वर्षका दामोदर भण्डारी रहेका छन् ।
हाइसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए । दुर्घटनामा अटो चालक सहित अन्य चार जना बालिका घाइते भएका छन् ।
घाइते हुनेमा अटो चालक तुलसीपुर-६ गोलौराका ५७ बर्षिय तिलबहादुर कार्की, तुलसीपुर-१६ डोक्रेनाका ११ बर्षिया वर्षा बस्नेत, ६ वर्षिया श्रृष्टी बस्नेत र सोही ठाउँका १८ वर्षिया मञ्जु डाँगी रहेको डिएसपी पोखरेलले बताए ।
नेपालगञ्जबाट रुकुमतर्फ जाँदैगरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर तर्फ आईरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान करिब ९ बजेतिर टरिगाउँ बिमानस्थल नजिकै ठक्कर दिएको थियोे ।
Blog Post Ad Blog Post Ad