Ad Area

जनमोर्चा घोराहीको ‘संगठन निर्माण अभियान’ कार्ययोजना तय


घोराही, ३१ भदौ । राष्ट्रिय जनमोर्चा घोराही नगर समितिले असोज महिना भर संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना तय गरेको छ । कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएकोले हिरक जयन्ती, लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस र नेकपा मसालको नबौ महाधिवेशन सहितका ऐतिहासिक तीन अभियान कार्ययोजनामा रहेको नगर सचिव रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा भएको बिस्तारित बैठकले उक्त कार्यक्रम तर्जुमा गरेको हो । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ । ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ जनमोर्चाले घोराही उपमहानगरलाई ६ भागमा बिभाजन गरेर अभियान संचालन गर्ने तयारी गरेको छ ।

६ वटै टोलि निर्माण गरीे सयोजक र इन्चार्ज तय भएको जनाउँदै नगर सचिव पोख्रेलले असोज ६ गते युबा र बिद्यार्थीहरुको नगर स्तरीय बृहत् सम्मेलन उदघाटन हुने बताउनुभयो ।

देशमा संघीयता असफल हुँदै गएको, महङ्गिले सिमा नाघेको, भ्रष्टाचारले देश बदनाम भएको, राष्ट्रघातले सिमा नाघेको, बुर्जुवा दलहरुका कारण राजनीतिमा बितृष्णा जागेको, क्रान्तिकारी आन्दोलनमा स्खलन आएको कुरामा राष्ट्रिय जनमोर्चाले विगतदेखि नै खबरदारी र सचेतना प्रदान गर्दै आएकोले जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो । बैठकमा प्रदेश सल्लाहकार सुरेश थापाले अभियानको महत्वको बारे चर्चा गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad