Ad Area

दशै खर्च जुटाउँदै राउटे समुदाय


घोराही, ४ असोज । जंगलमा फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसंग भेट गरेर दशै खर्च जुटाईदिन आग्रह गरेका छन् ।

दशै खर्च जुटाउनका लागि दैलेखदेखि मुख्यमन्त्री कार्यालयसम्म आइपुगेको भन्दै राउटे समुदायका मुखियाका प्रतिनिधि विर्खेबहादुर शाही सरकारले दशै खर्चको व्यवस्था गरिदिन आग्रह गरेका थिए । ‘अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ’, मुख्यमन्त्री चौधरीलाई राउटे मुखिया शाहीले भने,‘हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनु प¥यो ।’

मुखिया शाहीका अनुसार राउटे समुदायका अहिले ८६ घरहरु रहेका छन् । उनले दशै खर्च जुटाउनका लागि आफुहरु प्रदेश सरकार,स्थानीय सरकारलगायत विभिन्न कार्यालयसँगै संघसस्थाहरुमा पुग्ने गरेको बताए । मुख्यमन्त्री चौधरीसँग राउटे मुखिया शाहीले भने,‘पहिले जंगलमा भएका रुख काटेर ठेकी,कौसी बनाएर विक्री गथ्र्यौ र आफ्नो खर्च चलाउथ्र्यौ तर अहिले रुख काट्न पाइदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिड्नुपर्छ ।’

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार राउटे समुदायलाई सहयोग गर्नेदेखि दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताएका थिए । उनले दशै खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री चौधरीले भने,‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनी प्रदेश सरकारले पनि केहि सहयोग गर्छ । त्यसका लागि प्रक्रियामा जानुपर्ने भएकाले २÷३ लाग्न सक्छ ।’ उक्त भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की, प्रमुख सचिव राधिका अर्याललगायतले सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad