Ad Area

दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई गम्भीर घाइते


दाङ,६ असोज । दाङमा खुकुरी प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा भन्ने स्थानमा स्थानीय टेकबहादुर मल्लले खुकुरी प्रहार गर्दा ४३ बर्षिया रिता लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रितालाई खुकुरी प्रहार गरि हत्या गरेका टेकबहादुरले सोही गाउँकै बिरबहादुर हमाल र उनकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाईते भएका हमालद्धयको तुलसीपुरमा उपचार भैरहेको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,डिएसपी ठाकुर प्रसाद पोख्रेलका अनुसार टेकबहादुर घरबाट खुकुरी लिएर निस्केको र बाटोमा जसलाई भेट्यो उसैलाई खुकुरी प्रहार गरेका थिए । घरमा बसिरहेकी स्थानीय ४३ बर्षिय रितालाई उनले सुरुमा भेटेका थिए ।

रितालाई उनकै घरमा खुकरी हानेका थिए । रितालाई खुकुरी हानेका उनले अर्को घरमा बसिरहेका आमा छोरा बिरबहादुर र चन्द्रकुमारी हमाललाई पनि उनले खुकुरी हानेका थिए । लगत्तै प्रहरी पुगेपछि उनलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको थियो । उनले आफ्नो कुनै रिसिईबी नभएको र आफूलाई देउता चढेका कारण खुकरी हानेको प्रहरी समक्ष बयान दिएका छन् ।

‘मेरो कुनै पनि रिसिईबी छैन, मलाई देउता चढे, अनि म खुकुरी लिएर घरबाट निस्केँ भन्छ,’ डिएसपी पोख्रेलले भने ‘अनि उसले जसलाई देख्यो खुकुरी हानेको देखिन्छ, घटना बारे हामी थप अनुसन्धानमा छौँ ।’