Ad Area

शनिवार व्यापार व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघको आग्रह


घोराही ३, मंसीर । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार उद्योग तथा व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

संघले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो । निजी क्षेत्रमा काम गर्ने कर्मचारी, तथा मजदुरहरुलाई हप्तामा एक दिन विदा पाउने अधिकार प्रदान गर्न तथा उद्योगी व्यवसायीहरुलाई समेत एक दिन आरामका लागि बन्द गर्न आग्रह गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

यसै विच संघले संघको आतिथ्यतामा यही मंसिर ७ गते हुने कर सप्ताहको समापन घोराही मै हुने कार्यक्रममा सहभागि हुन सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई उपस्थितीका लागि समेत अनुरोध गरेको छ ।