Ad Area

लेनदेनको विषयमा कुरा नमिलेपछि मोटरसाइकल आगजनी


दाङ, ११ असोज । दाङमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० सौडिकुलाकी ३२ वर्षिय मिना चौधरी रहेकी छिन् ।

चौधरीले घोराही उपमहानगरपालिका–१८ पुष्पाञ्जलीकी विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

डिएसपी मल्लका अनुसार लेनदेनको बिषयलाई दुवैबीच वादविवाद भएको थियो । सोक्रममा मिनाले विराजको मोटर साइलकमा आगजनी गरेकी थिइन् । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad