Ad Area

अवैध काठ ओसारपसारका फरार प्रतिवादी चार वर्षपछि पक्राउ


दाङ, ११ असोज । दाङमा अवैध काठ ओसारपसारका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार मुद्धामा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ बर्षीय रामकुवेर यादवलाई पक्राउ गरेको हो ।

यादवलाई अवैध काठ ओसारपसार मुद्धामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कदै र ८२ हजार ७०४ जरिवाना फैसला गरेको थियो ।

फैसलापछि फरार रहेका यादवलाई बिहिबार भैसहवा गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad