Ad Area

नेपाली कांग्रेस क्षेत्र नम्बर २(क) द्वारा जिम्मेवारी प्रदान


दाङ,११ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) ले विभिन्न शाखाको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले जिम्मेवारी तोकेको हो ।

बङ्गलाचुली गाउँपालिका-६ बचेनी बसेको बैठकले नेपाली कांग्रेसको बिधान अनुसार विभिन्न शाखाको जिम्मेवारी तोकेको हो ।

जसअनुसार संगठन शाखा संयोजकमा पुरुषाेत्तम शर्मा,समन्वय शाखा संयोजकमा पूर्णबहादुर मल्ल,अभिलेख शाखा संयोजकमा सपना मजगैया अधिकारी,लेखा शाखा संयोजकमा बिन्दु दाहाल, प्रचारप्रसार शाखा संयोजकमा देवा जिसी र प्रशिक्षण शाखा संयोजकको जिम्मेवारी सरस्वता गौतमलाई दिइएको छ ।

Blog Post Ad Blog Post Ad