Ad Area

उपकुलपतिको राजिनामा माग्दै संस्कृत विश्वविद्यालयमा  विद्यार्थी संगठनको धर्ना  


दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछानेको राजिनामा माग गर्दै विद्यार्थी संगठनको धर्ना दिएका छन् ।
विश्वविद्यालयको उपकुलपति जस्तो गरिमा बसेर राजनितिक पार्टीको विभागमा बसेर राजनीति गरेको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले राजिनामा माग गर्दै शुक्रवार आधा विश्वविद्यालयको गेटमा धर्ना दिएका हुन ।
 उपकुलपति लामिछाने नेकपा एमालेको शिक्षा विभाग सदस्यमा बसेर विश्वविद्यालयमा राजनीति गरेको भन्दै नेपाल  राजिनामा माग गर्दै धर्ना दिएको नेपाल विद्यार्थी संघ नेपाल विद्यार्थी नेता डा.केशव न्यौपानले बताए ।
 विश्वविद्यालयको उपकुलपति जस्तो गरिमाको पदमा बसेको व्यक्ति पार्टीको विभागमा बसेर राजनीति गर्न नहुने र पार्टी राजनीति गर्ने नै भए उपकुलपति पदबाट राजिनामा दिन उनीहरुले माग राखेका छन् ।
‘उपकुलपति जस्तो व्यक्ति पार्टीको विभागीय सदस्यमा बस्नु हुँदैन’ विद्यार्थी नेता न्यौपानेले भने, ‘त्यसैले सकेसम्म पार्टीको विभागबाट राजिनामा दिनुहोस भन्ने हो, पार्टी राजनीति गर्ने नै भए उपकुलपतिबाट राजिनामा दिनुपर्छ ।’
Blog Post Ad Blog Post Ad