Ad Area

सल्यानमा जिप दुर्घटना हुदा १६ जना घाईते


दाङ । सल्यानमा जिप दुर्घटना हुदा १६ जना घाईते भएका छन् ।

शारदा नगरपालिका- १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जिप छत्रेश्वरी गाउँपालिका-५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा शुक्रबार दुर्घटनामा परेको हो ।

जिप सडकबाट खस्दा जिपमा सवार १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए  । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको उनले बताए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad