अर्जुनको शतकमा नेपालले साउदी अरेबियालाई दियो ३४८ रनको विशाल लक्ष्य

काठमाडौँ,२ कार्तिक । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले साउदी अरेबियालाई ३४७ रनको लक्ष्य दिएको छ ।
समूह ‘ए’ अन्तर्गत युकेएम(वाइयसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन जोड्यो ।
नेपालका लागि अर्जून कुमालले १ सय ११ बलमा २ छक्का र १७ चौकाको मदतमा १ सय ४२ रन बनाए । आकाश त्रिपाठीलले ९८ बलको सामना गर्दा २ छक्का र ६ चौकाको मदतमा ८९ रनको योगदान गरे । दिपक बोहरा २९ रन र मिलन बोहरा ९ रन बनाएर आउट भए । कप्तान देव खनाल शून्य रनमा आउट भए ।
दिपक बहादुर डुम्रेले १४ रन जोडे । विशाल विक्रम केसीले रन तथा दिपेश कँडेलले १४ रन बनाए । साउदी अरेबियाका लागि अब्दुल्लाह सिराज, मुहम्मद अहमद राजा र मुहम्मद घायोर अहमदले २(२ तथा शाहिब मुजिब रहमान र जुहाइर मुहम्मदले १ विकेट हात पारे । आजको खेलमा जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ ।