Ad Area

महायज्ञमा बढ्दै चहलपहल, बाढे पाँच लाख बढी आर्थिक संकलन


घोराही, २ कार्तिक । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० को पाँचौ दिनसम्म करिव साढे पाँच लाख रुपैयाँ बढी आर्थिक संकलन भएको छ ।

नवदुर्गाको अवसरमा जिल्लाकै प्रशिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्वार तथा अन्य भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको पाँचौ दिनसम्म पाँच लाख ७९ हजार ५० रूपैया आर्थिक संकलन भएको महायज्ञका आर्थिक संकलन समितिका संयोजक गोविन्द पौडेलले जानकारी दिएका छन् ।

आर्थिक संकलन समितिका संयोजक पौडेलका अनुसार जिल्लाकै प्रसिद्ध धार्मिक एवं ऐतिहासिक मन्दिरको प्रवेशद्वारा निर्माणका लागि सञ्चालित महायज्ञमा दान गर्ने दाताहरुको संख्या बढ्दै गएको छ । उनका अनुसार महायज्ञमा नगद दानसँगै तुलादान,अन्नदानलगायत गर्ने व्यवस्था रहेको छ । घट्स्थापनादेखि सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् ।

महायज्ञमा प्रवचनसँगै रामलिलामा आधारित कथालाई नाटकिय रूपमा प्रदर्शनसँगै महायज्ञमा प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० का संयोजक कुमुद पोख्रेलले जानकारी दिएका छन् । संयोजक पोख्रेलले महायज्ञमा कथाबाचन,राष्ट्रियस्तरमा कलाकारहरुद्वारा गरिने भजन किर्तन तथा देवलिला झाक्रीका साथै गंगा श्रृङ्गारिक आरतीमा सहभागी हुन समेत सवैमा आग्रह गरेका छन् । महायज्ञमा ब्रतबन्ध गर्ने समेत व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad