Ad Area

अपडेट : भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु


दाङ,१८ कात्तिक । भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । शुक्रवार राती जाजकोट जिल्लाको रामेडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा ५५ जना बढी घाइते भएका छन् ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

त्यसैगरी भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ करिव ८५ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ भने १४० जना घाइते छन् । गम्भीर घाइतेहरुलाई उपचारका लागि बाँकेको नेपालगंजस्थीत फेरी अस्पताल ल्याउने तयारी भइरहेको छ । अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad