Ad Area

फुटवल प्रतियोगितामा लोकतान्त्रिक ‘ए’ समूह बिजयी


घोराही,१९ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १७ को आयोजनामा भएको टोलस्तरीय फटवल प्रतियोगितामा लोकतान्त्रिक ए समूह चौघेरा विजयी भएको छ । वडा कार्यालय तथा वडा खेलकुद बिकास समितिको आयोजनामा भएको टोलस्तरीय फुटबल प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा लोकतान्त्रिक ए ले ओखरा टोल विकास संस्थाको समुहलाई ७–० गोलले पराजित गर्दै विजेता बनेको हो ।

ढिकपुरको फुटबल खेल मैदानमा भएको फाईनल खेलमा लोकतान्त्रिक ए समुहका विक्रम बिकले एक्लै ६ र लक्ष्मण घर्ती मगरले १ गोल गरेका हुन । खेल अवधिभर दवावमा परेको ओखरा टोलले गोल गर्न सकेन । प्रतियोगितामा विजेता लोकतान्त्रिक ए समुहले १५ हजार, मेडल र प्रमाण पत्र, उपविजेता ओखरा टोलले नगद १० हजार, मेडल र प्रमाण पत्र तथा तेश्रो स्थान प्राप्त गरेको उज्वल टोल विकास संस्थाले नगद ५ हजार, मेडल र प्रमाण प्राप्त गरेका छन् ।

कार्तिक १२ गतेदेखि शुरु भएको वडाको टोलस्तरीय प्रतियोगितामा १४ टीमको सहभागीता रहेको थियो । वडा स्तरीय खेलकुद विकास समिति संयोजक एवम् वडा अध्यक्ष रामलौटन चौधरीको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा प्रतियोगिताका विजेता, उपविजेता र तृतीय हुने खेलाडीलाई पुरस्कृत गरिएको हो ।

वडा नम्बर १७ ले आगामि पुसमा हुने मेयर कप फुटबल प्रतियोगिताका लागि खेलाडी पहिचान गर्न खेल आयोजना गरेको हो । यसैबीच, आयोजक वडा नम्बर १७ र नेपाल पत्रकार महासंघ दाङ शाखा समूह बिच भएको मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघको समेह विजयी भएको छ । पत्रकार महासंघको समुहले आयोजक वडा नम्बर १७ लाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

Blog Post Ad Blog Post Ad