Ad Area

आत्मनिर्भर लघुवित्त बन्यो धेरै कर तिर्ने संस्था, पायो दोश्रो पटक सम्मान


घोराही, ८ मंसीर । बैंक तथा वित्तीय संस्थाहरु तर्फ सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै आत्मनिर्भर लघुवित्त बित्तीय संस्था लिमिटेडलाई बाह्रौँ कर सप्ताहको अवसरमा सम्मान गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले बिहीबार एक कार्यक्रमबीच आत्मनिर्भर लघुवित्त बित्तीय संस्थालाई प्रमाण पत्रसहित लगातार दोश्रो पटक सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय प्रमुख कर अधिकृत टिकाराम चौलागाईँको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी बैंक तथा बित्तिय संस्था क्षेत्र अन्तर्गत धेरै कर दाखिला गरेवापत संस्थालाई सम्मान गरिएको हो ।

उहाँका अनुसार, राष्ट्रिय कर दिवस २०८० को अवसरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७८–०७९ मा बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट सबैभन्दा धेरै आयकर ३ करोड ५७ लाख २६ हजार रुपैयाँ दाखिला गरे वापत आन्तरिक राजश्व कार्यालय तुलसीपुरबाट सम्मानित भएको हो ।

जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुभन्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले संचालन गर्दै आएका सबै प्रकारका वित्तीय कारोबार, सेवा अत्यन्तै पारदर्शी, अनुशासनयुक्त रहेको हुँदा वर्षभरी गरेको वित्तीय कारोबारबाट नाफाको ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था बमोजिम राज्यलाई कर दाखिला गर्ने गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत चौधरीले बताउनुभयो ।

Blog Post Ad

यस बाहेक पनि अन्य कर समेत संस्थाले नियमित रुपमा तिर्दै आएको उहाँको भनाई छ । ‘हामीले गरेको मेहनत, दगनशीलताको मुल्यांकन राज्यलाई तिरेको करबाट पनि भएको छ’, उहाँले भन्नुभयो ‘आत्मनिर्भर लघुवित्तमा लागु गरिएको वित्तीय अनुशासनलाई पूर्णरुपमा पालना गर्दैआएका छौँ, हामीले संस्थामा १ पैसा पनि गलत नियतका साथ तलमाथि पार्ने काम गरेका छैनौँ र गर्दैनौँ पनि किनभने यहाँ हजारौँ सदस्यहरुको विश्वास र भरोसा जोडिएको छ । उनीहरुको भविष्य जोडिएको छ ।’

उत्कृष्ट करदाताको रूपमा सम्मान प्राप्त हुनुको सबै श्रेय, संस्थाका सबै परिवारको साथ सहयोग र समर्पण नै प्रमुख आधार रहेको प्रमुख कार्यकारी अधिकृत चौधरीले बताउनुभयो । ‘हामीले पारदर्शी रूपमा काम गरेका छौँ । पादर्शी रूपमा काम गर्दा राज्यलाई तिर्नुपर्ने कर तिरेका छौँ’ उहाँले भन्नुभयो ‘यसैको कारणले हामीले सम्मान प्राप्त गरेका हौँ । यो हाम्रो लागि खुसीको कुरा हो । यो सम्मान पाउन योग्य बन्नका लागि संस्थामा जोडिनुभएका सबै परिवारका सदस्यहरुको उत्तिकै मेहनत, लगनशीलता र समर्पण जोडिएको छ । यसले हामीले आगामी दिनमा अझ मेहनत गर्ने उर्जा दिएको छ ।’

अघिल्लो वर्ष पनि एघारौँ कर सप्ताहको अवसरमा आत्मनिर्भर लघुवित्तलाई सम्मान गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ३ करोड ३० लाख राज्यलाई कर तिरेको थियो । संस्थाले बैंक तथा वित्तीय क्षेत्रतर्फ जिल्लामा सबैभन्दा धेरै कर दाखिला गरेको भन्दै सम्मान गरिएको थियो । गरिबी निवारणका लागि लघुवित्तले दूरदराजमा बस्दै आएका नागरिकहरुलाई आत्मनिर्भर बनाउनका लागि आयआर्जनमा जोड्ने गरी वित्तीय सहयोगसहित सचेतना प्रदान गर्दै आएको छ ।

शुरुवाती कालमा १७ सयबाट थालनी गरिएको वित्तीय कारोबार हाल १२ अर्ब ५० करोड बढी पुगिसकेको संस्थाले जनाएको छ । ग्रामीण महिला उत्थान केन्द्रले प्रवद्र्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ अनुसार बैंक तथा वित्तीय कारोबार संस्था सम्बन्धी ऐन २०७३ अनुसार विधिवत रुपमा दर्ता भई हाल दाङसहित बाँके, बर्दिया, कपीलबस्तु, प्यूठान, अर्घाखाँची जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अधिकांश बिना धितो वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले १ अर्ब ३६ करोड बढी रकम लक्षित क्षेत्रमा लगानी गरेको छ । आम्निर्भर र सशक्त समाजको परिकल्पनासहित अघि बढेको आत्मनिर्भर लघुवित्त संस्थामा ५० हजार बढी वचतकर्ता रहेका छन् भने १३ हजार ६ सय बढीले ऋण लिएर विभिन्न प्रकारका आयआर्जनका काम गर्दै आएका छन् । जसबाट धेरैले आफ्नो जीवनमा उल्लेख्य प्रगति गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad