Ad Area

अम्बिका माध्यमिक विद्यालय हर्नोकले मनायो ५९औँ वार्षिकोसव


घोराही, ८ मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोकमा रहेको अम्बिका माध्यमिक विद्यालयले आफ्नो ५९औँ वार्षिकोसव मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षता तथा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष देवीराम थापाको प्रमुख आतिथ्यमा विद्यालयले बिहीबार एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले विद्यालयको ५९ वर्षे इतिहासलाई सम्झिनु भएको थियो । विद्यालयलाई आजको दिनसम्म ल्याई पुर्याउन सबैले निकै महत्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा विद्यालयको गरिमा माथि उठाउन थप सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । घोराही उपमहानगरपालिकाभित्र रहेको विद्यालय भएपनि पूर्वाधार विकाससँगै शैक्षिक वातावरण निर्माणका लागि गर्नुपर्ने काममा सबैको हातेमालो चाहिएकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकलगायत समाजका सबै पक्षले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राथमिक तहका इन्चार्ज ईश्वरीप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समिति सदस्य नारायण घर्ती, जसपुर सामुदायिक वन समितिका अध्यक्ष गोविन्दबहादुर बुढा, अभिभावक पाण्डव सुनारलगायत बोल्नुभएको थियो । सो अवसरमा, विद्यालयले गत वर्ष लिएको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरु र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीले प्रतिभा प्रस्फुटन स्वरुप विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक प्रदीपकुमार केसीको स्वागत मन्तव्यबाट शुरु भएको वार्षिकोत्सव समारोहमा विद्यालयको समग्र गतिविधि बारे जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मधुसुदन भट्टराईले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad