Ad Area

दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप सुरु


दाङ, १० मंसिर । दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० सुरु भएको छ । जिल्लामा हाप्किडो खेलको विकास र नयाँ खेलाडी उत्पादनका लागि दाङ जिल्ला हाप्किडो संघको आयोजनामा दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप सुरु भएको हो ।

अन्तर स्कुल हाप्किडो च्याम्पियनसिपको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्यसँगै पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिका लागि रहेको बताए । खेल क्षेत्रको विकासका लागि जिल्लामै पहिलो पटक नगर खेलकुद विकास समिति गठन गरेर घोराही उपमहानगरपालिका लागि परेको भन्दै नगर प्रमुख चौधरीले नगरका सवै वडाहरुमा खेलका लागि पूर्वाधार निर्माण गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख चौधरीले खेलकुद पर्यटनसँग समेत जोडिएको विषय भएको पूर्वाधार निर्माण, खेलाडीको क्षमता विकास र उत्पादनका लागि उपमहानगरपालिकाले ध्यानदिने बताए ।

नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले स्थानीय तह र स्कुल तहदेखि प्रतिभावानको खेलाडीको खोजी र पहिचान गरिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि रहेका संघका केन्द्रीय अध्यक्ष घर्तीमगरले स्वास्थ्यसँगै आत्मरक्षाका महत्वपूर्ण रहेको हाप्किडो खेलको विकासका लागि हरेक विद्यालय तथा स्थानीय तहहरुले ध्यान दिदै प्रतिभावान खेलाडी उत्पादन, खेलकुद क्षेत्रको विकास लागि ध्यानदिनुपर्ने बताए । उनले हाप्किडो खेलका माध्यमबाट शिक्षामा जागरणका लागि संघले उद्देश्य लिएको बताउँदै यसका लागि स्थानीय तह तथा विद्यालयहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताए ।

दुई दिनसम्म सञ्चालन हुने दोश्रो अन्तर स्कुल च्याम्पिनसिपमा जिल्लाका ४५ वटा स्कुलबाट खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा २४ केजीदेखि ६० केजी तौल समूहमा महिला तथा पुरुष खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

Blog Post Ad

दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुन, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक धनबहादुर घर्तीमगर, गोरखा इन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सीपल मानसिंह घर्तीमगर, नेपाल हाप्किडो संघका केन्द्रीय कोषाध्यक्ष बिजयाकुमारी वाइवा, नेपाल हाप्किडो संघका केन्द्रीय प्रमुख प्रशिक्षक प्रविण गुरुङलगायतको प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागीता रहेको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा सुदीप तामाङ रहेका छन् ।

Blog Post Ad Blog Post Ad