Ad Area

ललित स्मृति कप टु ए साईड भलिबल जारी


लक्ष्मण बस्नेत
दाङ,२९ मंसिर । दाङको तुलसीपुरमा जारी ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० मा भोलि सेमिफाइनलका खेल हुने भएका छन् । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुरमा संचालित प्रतियोगितामा ज्ञानज्योती कलेज तुलसीपुर र हरिश बुढाथोकीको टिमबिच पहिलो सेमिफाइनल खेल हुनेछ । खेल बिहान साढे आठ बजेबाट सुरु हुनेछ ।

शुक्रबार सम्पन्न क्वाटर फाईनल खेलमा ज्ञानज्योतीले गोपाल घर्तीको टिमलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेल एसभिसिन र विशाल थापामगरको टिमबिच हुनेछ । क्वाटर फाईनलमा हरिश बुढाथोकीको टिमले नवज्योतिलाई २–० को सोझो सेटमा पराजित गर्दा विशाल थापामगरको टिमले दाजुभाई टिमलाई २–१ को सेटमा पराजित गरेको भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दले जानकारी दिएका छन् ।

यसैबिच प्रतियोगिताको फाईनल खेलसंगै समापन समारोह शनिवार हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजु एरीले जानकारी दिएका छन् । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ्न् ।

Blog Post Ad Blog Post Ad